Logo

लकडाउनमा प्रहरीमाथि हातपात



रौतहट, २३ वैशाख । प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा एकजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा राजपुर नगरपालिकाका राजकिशोर भाट माली पक्राउ परेका हुन् ।

घरायसी विवादमा राजकिशोर र छिमेकीबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले सम्झाईबुझाई गर्ने क्रममा उनले प्रहरीमाथि नै हातपात तथा अभद्र व्यवहार गरेपश्चात मालीलाई प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न सोही ठाउँका धर्मेन्द्र भगत माली हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्