Logo

लागूऔषध मुद्दाका फरार पक्राउ



पर्सा, २३ वैशाख । लागूऔषध मुद्दाका फरार प्रतिवादी शिव प्रसाद महतो आइतबार पक्राउ परेका छन् । लागूऔषध मुद्धाका फरार प्रतिवादी बहुदरमाई गाउँपालिकाका महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साको २०६७ माघ २४ गतेको फैसलाले लागूऔषध गाँजा र अफिम मुद्दामा १५ बर्ष कैद र ५ लाख २ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

महतोलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्