काठमाडौं, बैशाख २४ । नेपालमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भाइरसको जिन पत्ता लगाउने कार्य अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पहलमा भाइरसमा रहेको जिनको सिक्वेन्सिङ (जिन वर्गीकरण) गर्ने कार्य अघि बढेको हो ।
शरीरमा विभिन्न प्रकृतिका भाइरस हुने भएकाले यसको ‘सिक्वेन्सिङ’ पत्ता लगाउने कार्य अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालका पहिलो संक्रमितको मात्रै जिन सिक्वेन्सिङ भएको छ ।
प्रक्रिया सुरु भएसँगै जिन पत्ता लगाउन संक्रमित या नयाँ संक्रमितबाट व्यक्तिको अनुमतिमा स्वाब संकलन गरिनेछ ।
नेपालमा हाल काठमाडौं विश्वविद्यालय र नास्टमा जिन छुट्याउने प्रविधि (जेनेटिक ल्याब) छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार विज्ञसहितको छलफल डाकेको आजको राजधानी दैनिकमा खवर छ ।




प्रतिक्रिया