Logo

बालुवाटार बोलाएर फकाउँदै ओली



काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई बालुवाटारमा बोलाएर फकाउन थालेका छन्। स्थायी कमिटीको बैठक नजिकिँदै गर्दा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई बेग्लाबेग्लै बोलाएर छलफल गरेका हुन्।

स्थायी कमिटीको अजेन्डा तय गर्ने जिम्मेवारी पाएका दाहालले सोमबार नेपालसँग भेटघाट गरेपछि मंगलबार दिउँसो ओलीले दाहाल, नेपाल र खनालसँग भेट गरी विवाद मत्थर बनाउने प्रयास गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार नेताहरुसँगको छलफलमा ओलीले पार्टीभित्र देखिएको समस्या र विकसित घटनाक्रमबारे चासो राखेका थिए।

उनले सचिवालय बैठकपछि दाहाल, नेपाल, खनाल र नारायणकाजी श्रेष्ठबीच भएको भेटघाटका बारेमा पनि चासो राखेका थिए। २० गतेको सचिवालय बैठकपछि दाहाल, नेपाल, खनाल र श्रेष्ठले छुट्टै बैठक गरेका थिए। दाहाल र नेपाल समूहले आफ्नो पक्षका स्थायी कमिटी सदस्यको बैठक पनि राखेका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्