Logo

दाहाल-नेपाल समूहको रणनीतिक बैठक, प्रधानमन्त्री ओली दबाबमा !



काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दैछ । नेताहरु गत शनिबारको सचिवालय बैठकको सहमतिअनुरुप नै अघि बढ्नुपर्छ भन्ने पक्षमा दृढ रहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उक्त सहमतिबाट पछि हट्न खोजको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सशंकित बनेका छन् । आईतबार, सोमबार र मंगलबार लगातार तीन दिनसम्म प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका अध्यक्ष दाहालले छलफल सकारात्मक नभएको कुरा आफूनिकट नेताहरुलाई ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुअघि दाहालले बरिष्ठ नेता माधव कुमार नेपालसँगपनि लगातार भेटवार्ता गर्ने गरेका छन् । र, ओलीलाई भेटेपछि पनि नेता नेपाललाई भेटवार्तामा भएका कुराकानी सेयर गर्ने गरेका छन् ।

शनिबारको सचिवालय बैठक बस्नुअघि दाहालले ओलीसँग छुट्टै ४० मिनेट एक्लाएक्लै भेटवार्ता गरेको र सोही भेटवार्तापछि दाहाल एकाएक युर्टन भएको आरोप नेता नेपाल समूहले लगाउँदै आएको छ । ओली र दाहालबीच एक व्यक्ति, एक पदमा सहमति जुटेको बताईएपनि ओली समूहले उक्त कुरा अहिलेसम्म सार्वजनिक रुपमा स्विकार गरेको छैन् । भोलिबाट सुरु हुने स्थायी कमिटी बैठकका एजेण्डा सर्वसम्मतीले पेश गर्ने भनिएपनि अहिलेसम्म अध्यक्ष दाहाल र महासचिव पौडेलले यो काम फत्ते गर्न सकेका छैनन् । यसमा पनि ओली नै बाधक बनेको दाहाल नेपाल निकट नेताहरुको गुनासो छ ।

दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले भोलिबाट सुरु हुने बैठकमा आफूहरुको मुख थुन्ने कोशिश नहोस भन्दै दबाब दिएका छन् । र, अध्यादेशदेखि वामदेवलाई प्रधानमन्त्री बनाउने र एक व्यक्ति, एक पदको बारेमा खुलेर बहस गर्ने उनीहरुको तयारी छ। त्यसको लागि उनीहरुले हिजोमात्रै पनि एक ठाउँमा भेला भएर छलफल गरिसकेका छन् । स्थायी कमिटी बैठक नजिकिँदै गर्दा प्रधानमन्त्री ओली भने दबाबमा देखिएका छन् । यो कुरा स्वयम बरिष्ठ नेता झलना खनालले खुलासा गरिसकेका छन् । हिजोमात्रै खनालले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा दुई घण्टा लामो छलफल गरेका थिए । उनकाअनुसार ओली दबाबमा र तनावयुक्त देखिन्थें । आफूले भने तनाव नलिन र पार्टीको निर्णयलाई शिरोपरी गरेर अघि बढ्न सुझाव दिएको खनालको भनाई थियो । File Photo



प्रतिक्रिया दिनुहोस्