Logo

भगवान विष्णुले किन कछुवा अवतार लिए



काठमाडौं, २४ बैशाख । हिन्दू धर्म अनुसार भगवान विष्णुले कछुवाको अवतार लिएर समुन्द्र  मन्थनमा पनि सहायता गरेका थिए । दुर्वासा ऋषिले आफ्नो अपमान गरेको कारण देवराज इन्द्रलाई श्री (लक्ष्मी) भन्दा सानो हुने श्राप दिए । भगवान विष्णुले इन्द्रलाई दिएको श्राप मुक्तिको लागि समुन्द्र मन्थन लागि राक्षसहरुलाई प्रलोभनमा पारे । देवता र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्न थाले । समुन्द्र मन्थनको लागि मदरांचल पर्वतको मथानी एंव नागराज वासुकीको नेती बनाए ।

तर तल कुनै आधार नभएकाले पर्वत समुन्द्रमा डुब्न लाग्यो । अवस्था डरलाग्दो देखेर भगवान विष्णुले ठुलो कछुवाको रुप धारण गरी समुन्द्रमा मंदराचलको आधार बने । भगवान कछुवाको विशाल पिठमा मंदराचल मज्जाले घुम्न लाग्यो र यसरी समुन्द्र मन्थन सम्पन्न भयो । समुन्द्र मन्थन गरेर एक एक १४ रत्न निकाले । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्