Logo

एसईई सधैको लागि खारेज गर्न माग



काठमाडौं, बैशाख २४ । जारी लकडाउनका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग उठेको छ ।

नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने भन्दै सांसदहरुले एसएलसी सधैको लागि खारेज गर्न माग गरेका हुन्। बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसद गगन थापा, जीवनराम श्रेष्ठ, भैरवबहादुर सिँह लगायतका सांसदले एसईई परीक्षा खारेज गर्नुपर्ने धारणा राखेका छन् ।

कोरोना भाइरस संक्रमणले एउटा मौका दिएकोले यसको प्रयोग गर्नुपर्ने उनीहरुको भनाई छ । आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न र बोर्ड परिक्षाको मान्यता १२ कक्षामा गर्न उनीहरुको माग रहेको छ ।



प्रतिक्रिया दिनुहोस्