Logo

स्वास्थ्य सामग्रीमा ५७ प्रतिशत कालोबजारी



काठमाडौं, बैशाख २५ । कोरोना भाइरस संक्रमणको महामारीले अहिले बजारमा स्वास्थ्य सामग्री निकै अभाव छ । बजार अभावको फाइदा लुट्दै स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने व्यापारीले चरम कालोबजारी गरिरहेका पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार गरेको अनुगमनमा आँखा इन्टरप्राइजेज कम्पनीले स्वास्थ्य सामग्रीमा ३४ प्रतिशतदेखि ५७ प्रतिशत बढी नाफा लिएर बिक्री वितरण गरेको पाएको हो । विभागले उपभोक्ताबाट कालोबजारी गरेको गुनासो आएपछि कम्पनीमा अनुगमन गरेको थियो ।

विभागले सो कम्पनी बालाजुमा दर्ता भए पनि बबरमहलमा रहेको ई ज्ञानकुञ्ज एजुकेसन सिस्टम प्रालिको कार्यालयको कोठामा राखी बिक्री विरतण गर्दै आएको बताए । सो कम्पनीले सर्जिकल पीपीई, थर्मल गन, मास्क, जुत्तालगायत स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने गरेको विभागले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्