Logo

३१ औंला भएको बच्चाको जन्म भएपछि…



काठमाडौं, बैशाख २५ । चीनका एक बालकले जन्मँदै ३१ वटा औँला लिएर आएका थिए । कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएको बालकका आमाबाबुले शल्यक्रियामार्फत अनावश्यक औँला फाल्न चाहेका थिए ।

पैसा अभावका कारण त्यसो गर्न सकेका थिएनन् । तर, चीनको निङ्बो सिटी अस्पतालले निःशुल्क रूपमा बालकको शल्यक्रिया गर्ने बताएपछि बालकका आमाबाबुलाई राहत मिलेको छ । ती बालकको हातमा १६ वटा र खुट्टामा १५ वटा औँला छन् ।

शल्यक्रिया गरेर औँला हटाउने र बालक १६ वर्षको नपुगुञ्जेल यस कारणले स्वास्थ्यमा कुनै जटिलता आएमा त्यसको पनि अस्पतालले निःशुल्क उपचार गरिदिने बताइएको छ । शल्यक्रिया गर्न अलिक लामो समय लाग्छ, वर्षौं पनि लाग्न सक्छ । त्यही भएर १६ वर्षसम्मको योसँग सम्बन्धित खर्च बेहोर्ने निर्णय गरिएको हो,’ अस्पतालस्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्