Logo

संघीय सरकारले प्रदेश २ लाई हेर्ने दृष्टिको नै फरकः मुख्यमन्त्री राउत



काठमाडौं, बैशाख २६ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना विरुद्धको अभियानमा प्रदेश २ सरकारलाई संघीय सरकारले हेर्ने दृष्टिको नै फरक बनाएको आरोप लगाएका छन् । उनले संघीय सरकारले अरु प्रदेशको तुलनामा कम महत्व दिएपनि केरोना विरुद्धको अभियानमा आफुहरु प्रतिबद्ध भएर लागेको जानकारी दिए ।

पत्रकार ऋषि धमलासँंग कुरागर्दै मुख्यमन्त्री राउतले संघीय सरकारलाई आफुले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना इपिसेन्टर घोषणा नगर्न आग्रह गर्दा नमानेको बताएका छन् ।

विरगञ्जमा रहेको नारायणी अस्पताल प्रदेश २ का जनताको एक मात्र विश्वासिलो अस्पताल भएकाले अन्य उपचारमा असर पार्ने भन्दै यो बाहेक अरु कुनै निजि अस्पताललाई कोरोना उपचारको इपिसेन्टर बनाउन आफुले गरेको प्रस्ताव संघीय सरकारले नमानेको उनको भनाई रहेको छ ।

उनले नारायणी अस्पताल संघीय सरकारको मातहत रहेको भएपनि इपिसेन्टर घोषणपछि प्रदेश सरकारले कोरोना उपचारका लागि पीसीआर मेसिन खरिद गर्न ५० लाख दिएको जानकारी समेत दिए। मुख्यमन्त्री राउतले अरु प्रदेश भन्दा प्रदेश २ कोरोनाको जोखिमयुक्त प्रदेश भएपनि संघीय सरकारले अहिले सम्म एउटामात्रै पीसीआर मेसिन दिएकोमा गुनासो गरेका छन् ।

उनले भने,‘ पैसा हुँदा हँदै पनि हामीले खर्च गर्न पाएका छैनौँ । कोरोना उपचार र परिक्षणका लागि आवस्यक सामान सान्य बजारमा पाइदैन् । अहिले सम्म २ अर्ब भन्दा बढी कोरोना विरुद्धको अभियानमा लगाएका छौं । औषधी उपकरण लगायतका सामाग्री किन्नका लागि । राहत वितरणका लागि पैसा धेरै खर्च भयो तर, वितरण राम्रो भएको छैन । अब विपद् व्यवस्थापन कोष र समितिले वितरण गरेर जाने निति बनाएका छौं।’

क्जबचभ तजष्कस्



प्रतिक्रिया दिनुहोस्