Logo

टाइट जीन्सले महिलालाई पुर्यायो अस्पताल



एक अस्ट्रेलियन महिला ४ दिनसम्म टाइट जीन्स लगाएकाले अस्पतालमा बस्नु परेको छ । एलिलेडमा बस्ने ३५ वर्षिय महिलाले यति सम्म टाइट लगाएकी थिइन् जसको कारण खुट्टामा रगत संचालन रोकिएको थियो । यसपछि उनको खुट्टा सुन्निएर हिड्न नै सकिनन् । अन्तमा अस्पताल गएर जीन्सलाई काटेर निकालियो । यो देखेर डाक्टरहरु पनि दंग परेका थिए र उनीहरुले टाइट जीन्सले रगत सशुलशन बन्द भई खुट्टा सुन्नियो र जीन्स धेरै टाइट भएको निश्कर्ष निकालेका छन् ।

बिहान जीन्स लगाएर घुम्न निस्केको तर घुम्ने क्रममा यस्तो समस्या आएको पिडीत महिलाले बताएकी छिन् । टाइट जीन्स लगाउदा महिलाको टांग कमजोर हुने डाक्टरहरुले बताएका छन् टाइट जीन्स लगाउदा पिडौलामा दुई प्रकारका सामान्य सिस्टममा प्रेशर पर्छ । खुट्टामा रगतको पे्रशर कम हुन जान्छ र जसको असर सिस्टममा पर्छ र टांग कमजोर हुन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्