Logo

बुद्धिमान व्यक्ति यी ६ चीजबाट टाढा रहनुपर्छ



बुद्धि हुँदैमा विवेक नहुन पनि सक्छ । बुद्धिमानले विवेक नपुर्याउँदा झन् क्षति पुग्छ । चाणक्यले छ चीजबाट विद्धान सधै टाढा रहनुपर्ने भनेका छन् ।

  • बुद्धिमान मानिसले यदि कुनै प्रकारको औषधि खाइरहेको छ भने कसैलाई पनि भन्नु हुँदैन । आफ्नो औषधिको बारेमा अरुलाई बताएमा स्वास्थ्यमा उल्टो प्रभाव पर्छ ।
  • आफ्नो दुखका कुरा र घरको कुरा कसैलाई भन्नु हुँदैन, दुश्मनले फाइदा लिन्छ र तपाइँको बर्बाद गराउछ ।
  • परिवारको सदस्यसँग कसैको नराम्रो कुरा गर्नुहुँदैन, यदि एक आपसमा समस्या भएमा आफैले सुल्झाउने कोशिश गर्नुपर्छ । अरुलाई भन्दा आफ्नो परिवारको उपहास गरी आत्म सम्मानमा ठेस पुर्याउँछन् ।
  • संभोगको क्रममा गल्ती भएमा कसैलाई भन्नु हुँदैन । सम्भोगको कुरा गर्दा समाजले तपाइँको चरित्रमा औला उठाउनेछ ।
  • मानिसले कहिले नराम्रो भोजन गरेमा वा गर्न परेमा कसैलाई पनि भन्नु हुँदैन ।
  • कोही मानिसबाट सुनेका नकरात्मक कुरा अरुलाई भन्न हुँदैन, आलोचनात्मक शब्द आफैमा सिमित गर्नुपर्छ, यसले तपाइँको मान सम्मान उच्च बनाउँछ ।


प्रतिक्रिया दिनुहोस्