Logo

कोरियाली फुटबल स्टार सन सैनिक तालिममा सर्वोत्कृष्ट



एजेन्सी, २६ वैशाख । इंग्लिस प्रिमियर फुटबलको बलियो टोली टोटनहामबाट खेल्ने दक्षिण कोरियाली स्टार सन हुङ मिनले तीन हप्ते अनिवार्य सैनिक तालिम पूरा गरेका छन् । उनले तालिममा सर्वोत्कृष्ट भएको जनाइएको छ ।

१५७ जना सहभागी सैनिक तालिममा सन नम्बर एक बनेका थिए । उनले कति स्कोर प्राप्त गरेको नखुलाइएपनि सर्वोत्कृष्ट भएको खुलाइएको छ ।

२७ वर्षीय सनले सैनिक तालिम लिनैपर्ने थियो । सन् २०१८ को एशियाली खेलकुदमा स्वर्ण पदक जितेपछि उनले लिनुनपर्ने अवस्था बनेको थियो । इंग्लिस प्रिमियर लिग फुटबल स्थगित भएको मौकामा सनको तालिम शुरु भएको थियो । उनी देश फर्किए ।

सैनिक तालिममा उनले सुटिङ, रसायनिक, जैविक र रेडियोलोजिकल तालिम समेत गरेका थिए । उनले सुटिङमा १० मा १० स्कोर हासिल गरेका थिए । कोरिया हेरलर्डले पाँच विधामा उत्कृष्ट प्रदर्शन गरी अवार्ड जितेका थिए ।

यसैगरी टोटनहामले आफ्ना खेलाडी हुङ मिन सनले अनिवार्य सैनिक तालिम सकेकोमा बधाई दिएको छ । सन अर्को हप्ता लन्डन फर्कने क्लबले जनाएको छ ।-Photo Source: Facebook account-Yonhap



प्रतिक्रिया दिनुहोस्