Logo

बाबुबाट बलात्कृत किशोरीको क्यान्सरबाट निधन



ओखलढुंगा, बैशाख २६ । २०७५ भदौमा बुबाबाट पटक–पटक बलात्कृत भएकी १५ वर्षीया किशोरीको क्यान्सर रोगका कारण निधन भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका घर भएकी ती किशोरीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।

घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण र पढाइको जिम्मा काठमाडौँस्थित एसओएस बालग्रामले लिएको थियो ।

घुँडाको क्यान्सर उपचारपछि सामान्य निको भएपनी छ महिनापछि रगतको माध्यमबाट फोक्सोमा क्यान्सर संक्रमण भएपछि काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्