Logo

एकै दिन एक अर्ब ७२ करोडको रक्सी बिकेपछि…



एजेन्सी, २७ वैशाख । कोरोना भाइरसको महामारीका कारण विश्वको आधा जनसंख्या लकडाउनमा छन् । लकडाउनमा खाद्यान्नलगायत सामाग्री खरिद गरेर जोहो गर्न मानिसहरु लागेको सुनिएकै छ । तर, एकै दिन पसल खुल्दा झण्डै दुई अर्बको रक्सी बिकेको छ ।

यो भारतको तामिलनाडुको तथ्यांक हो । जहाँ भारत सरकारले मदिरा पसल खोल्न छुट दियो । पसलहरुमा ठूलो भीड लाग्यो । रक्सी पसल बाहिर लागेको लाइन व्यवस्थापन गर्न नै असहज स्थिति सिर्जना भयो । यस्तोमा भारतको तमिलनाडुमा एकै दिनमा एक अर्ब ७२ करोड ५९ लाख भारतीय रुपैयाँ बराबरको रक्सी विक्री भएको छ ।

तमिलनाडु स्टेट मार्केटिङ कर्पोरेशनका अनुसार, प्रदेशमा एकैदिनमा एक अर्ब ७२ करोड भारु बराबरको रक्सी बिक्री भएको हो । कर्पोरेशनका अनुसार, ३ हजार ७५० पसलमा एकैदिनमा भएको उक्त विक्री हालसम्मकै अधिक हो । यसले त्यहाँका विक्रेता र राज्य सरकारलाई नै चकित बनाएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्