Logo

ऋषि धमला र बद्री पंगेनीबीच लाईभ कार्यक्रममै चर्काचर्की, मञ्जु पौडेललाई सकस (भिडियोसहित)



काठमाडौं, २८ वैशाख । चर्चित गायक बद्री पंगेनी र पत्रकार ऋषि धमलाबीच टेलिभिजन कार्यक्रममै चर्काचर्की परेको छ । हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा गायक पंगेनी र पत्रकार धमलाबीच चर्काचर्की परेको थियो । अर्की चर्चित गायिका मञ्जु पौडेलसमेत कार्यक्रममा उपस्थित् थिईन् ।

उनले दुई जनाबीचको चर्काचर्कीलाई मत्थर पार्ने प्रयास गरेको भिडियोमा देख्न सकिन्छ । गायक पंगेनीले पत्रकार धमलाको प्रश्न गर्ने शैली र सामाजिक सञ्जालमा हुने गरेका आलोचना र कमेन्टबारे कुरा उठाएका थिए । जवाफमा धमलाले आफ्नो कार्यक्रम तीसौं लाख दर्शकले हेर्ने गरेको सुनाउँदै आफू आलोचनालाई आत्मसात् गर्दै अघि बढ्ने पत्रकार भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्