Logo

हुञ्जा समुदायका महिला ६५ वर्षमा आमा बन्छन्



आहार विहार र लामो उमेरको परस्पर गहिरो सम्बन्ध वैज्ञानिकहरुले बताउँदै आएका छन् । संसारमा यस्तो स्थान पनि छ जहाँ हजुर बुवा आमा हुने उमेरमा बच्चाको जन्म दिन्छन । जुन आर्यावतको कोखमा भएको हुञ्जा समुदाय पहिला भारतको जग्गा थियो पछि पाकिस्तानले कब्जामा लिएर कश्मिरको पहाडमा पर्छ ।

प्रकृतिको साथमा कदम कदम मिलेर बस्ने हुन्जाका मानिसहरुको औसत उमेर ११० बाट १२० वर्ष सम्म मानिएको छ । त्यहा कोही कोही त १५० वर्षसम्म पनि बाच्ने गर्छन् । त्यहाँको मानिसहरुले प्राकृतिक चीज नै आफ्नो आहारा बनाउछन् । क्यान्सर जस्तो रोग त त्यहाँको मानिसहरुको लागि सम्भवत दुरको कुरा हो । यो समुदायका मानिसलाई बुरुशास्की भनिन्छ र उनीहरुको भाषा बुरुशास्की हो ।

उनीहरुको जनसख्या जम्मा ८७ हजार रहेको छ । त्यहाँकोे मानिसहरु निकै जवान र सुन्दर देखिन्छन् । ६५ वर्षमा पनि महिला सन्तान जन्माउन सक्षम हुन्छन् भन्ने प्रमाण यहि समुदायबाट प्रस्ट हुन्छ । महिलाको २० प्रतिशत जनसख्या रहेको समुदायमा खानपान र उत्तम जीवन शैलीले उमेरलाई विर्साइदिएको छ । स्वस्थ्य जीवन जिउनलाई उनीहरुले खुबानी खाने गर्छन्, खुबानी एन्टी क्यान्सर हो ।  एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्