Logo

प्रदीप नेपालले लेखे- कालापानीबारे राष्ट्रलाई जोगाउने गरी बोल्ने प्रेम सिंह धामी मारिनु भो



काठमाडौं, २९ वैशाख । पूर्वमन्त्री प्रदीप नेपालले कालापानीको विषय आफूले संसदमा पटक पटक कुरा उठाएको बताएका छन् । उनले राष्ट्रलाई जोगाउने गरी बोल्ने प्रमुख वक्ता भने प्रेमसिंह धामी भएको स्मरण गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रेमसिंह धामी जीप दुर्घटनामा मारिएको दाबी गरेका छन् । आफूले राष्ट्रियसभामा २०४८ मा कालापानीको विषयमा बोलेको समेत बताएका छन् ।

नेपालको कम्युनिस्ट राजनीतिमा लामो समय बिताएर पछिल्लो समय लेखनमा सक्रिय प्रदीप नेपालले लेखेका छन्ः कालापानीको कुरो पहिलो पटक उठाउने मानिस म हुँ । राष्ट्रिय सभाको ०४८ रेकर्ड हेर्दा थाहा हुन्छ । तर म आफूलाई अहिले पनि प्रमुख मान्दिन । राष्ट्रलाई जोगाउने गरी बोल्ने प्रमुख वक्ता हुनुहुन्थ्यो प्रेमसिंह धामी । केही समयपछि जीप दुर्घटनामा उहाँ मारिनु भो ।



प्रतिक्रिया दिनुहोस्