Logo

फुटबलका पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण



काठमाडौं, २९ वैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी सेल्फ आइसोलेशनमा छन् ।

फेसबुकमा भिडियो मार्फत् उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले भनेका छन्, ‘मलाई कोरोनाको पोजेटिभ छ । संक्रमण भएको पाँच दिन भयो ।’ उनले आफू सामान्य अवस्थामा रहेको र तातो पानी पिइरहेको बताएका छन् ।

संक्रमण भएपछि कहिलेकाहीं सुख्खा खोकी लाग्ने गरेको बताए । खाना खाने र जगिङ गर्ने गरेको सुनाए । उनले आफ्ना शुभचिन्तकहरुलाई नआत्तिन समेत भनेका छन् । उनले भने, ‘नडराउनु होला । डराउनुपर्ने छैन नर्मल लिदा हुन्छ ।’

फुटबलका तत्कालिन राष्ट्रिय खेलाडी र खेल पदाधिकारीसँग रञ्जित श्रेष्ठ

उनले आफ्नो पहिलो परीक्षणमा पोजेटिभ देखिएको र दोस्रो परीक्षणमा आउने नतिजा बारे जानकारी गराउने बताए । झापा स्थायी घर भएका रञ्जित अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका उत्पादन हुन् । उनले सन् २००९ मा बँगलादेशमा भएको साफ च्याम्पियनशिप खेलेका थिए ।-Photo Source: Facebook Page of Ranjit Shrestha



प्रतिक्रिया दिनुहोस्