Logo

‘तत्काल वार्ता चाहेका छौँ’



काठमाडौँ, ३० वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेको बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिपुलेक सडक विवादबारे छलफलमा भाग लिँदै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर तत्काल वार्ता अघि बढाउन चाहेको बताएका छन् ।

उनले भने, ‘‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हामी वार्ताको प्रयासमा छौँ । सुगौली सन्धिले निर्दिष्ट गरेको हाम्रो सीमा पूर्वमा मेची र पश्चिममा महाकाली हो । अहिले हामीलाई त्यसभित्रको अखण्ड नेपाल चाहिएको हो । इतिहासले सबै ठीक गरिदिएको भए अहिले छलफल गर्नुपर्ने थिएन । यो विषयमा भोलि फुर्सदमा गरौँला भन्ने पक्षमा सरकार छैन ।’’ नोभेम्बर यता वार्ताका लागि पटकपटक प्रयास भइरहेको पनि उहाँले समितिमा जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्