Logo

सीमा र कोरोना सक्रमणका विषयमा सरकार कानमा तेल हालेर बसेको छः प्रदिप पौडेल



काठमाडौं, जेठ १। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले वर्तमान सरकारले कोरोना रोक थाम र सीमा अतिक्रमणका विषयमा उचित ढंगले काम गर्न नसकेको बताएका छन् । उनले कोराना संक्रमणको महामारी बढी रहेको अवश्थामा सरकार सिथिल देखिएको र गरेका कामहरु नि पुर्वाग्रही देखिएको बताए ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै पौडेलले परिक्षणको दायरा नबढाएर सरकारले जनता जेसुकै गरुन भन्ने हिसावमा सरकार बसिरहेको आरोप लगाए । लकडाउनको निर्देशन दिएपछि अरु केकि पनि गर्नु पर्दैन भन्ने हिसावमा सरकार गएको भन्दै उपत्यकामा परिक्षणको मात्र ज्यादै कम भएको र क्वारिन्टाइनको व्यवस्था पनि गर्न नसकेको उनको भनाई छ ।

पौडेलले अहिले कोरोनाबिरुद्ध लड्नका लागि र भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि सरकारलाई सघाउन सवै राजनीतिकदलहरु तयार रहेपनि सरकारले कूटनीतिक नोट जारी गर्नु भन्दा अरु काम गर्न नसकेको बताए। अहिलेको लिपुलेको विवाद नेपाल भारतको मात्र नभएर चीनसँग पनि सम्बन्धित भएको भन्दै सरकारले चिनिया राजदुतलाई पनि बोलाएर कुरा गर्नुपर्ने उनको भनाई छ ।

‘सरकारले कोरोनाबिरुद्ध सहि ढंगले काम गर्न सकेन । सरकारले लकडाउन गर्यो तर, तयारी केहि पनि गरेर अहिले आइसोलेसन छैन । काठमाडौमा क्वारिन्टाइन पनि छैन । विदेशमा भएका नेपालीलाई ल्याउन पनि सकेको छैन ।’ उनको भनाई छ ।

पौडेलले भने,‘अहिले सीमा विवाद सुरु भएको छ त्यसमा केही पनि गर्न सकेन । कूटनीतिक रुपमा काम गरेन । कांग्रेसले अहिलेको अवस्थामा सरकारलाई सहयोग नगर्ने भनेको छैन । तर, सरकार सक्रिय हुनपर्यो । लकडाउन मात्रै समधान होइन । यो विचामा सरकारले अध्यादेश ल्यायो । भूमी आयोग ल्यायो । ति अनाआस्यक थिए’ ।

सरकार प्रभावकारी भएन भने त्यसको सवै असर जनतामा पर्ने भन्दै कोरानाबिरुद्धको अभियानका लागि सांसद क्षेत्र विकास कोषको रकम ल्याएर भएपनि परिक्षणको मात्रा बढाउनु पर्ने उनको धारणा छ। कोराना रोकथामको विषयमा सरकार पुर्वाग्रही भएको भन्दै बाहिरका नेपालीलाई नेपाल नआउ भनेर नागरिह अधिकार हनन् गरिहेकोसमेत उनले ठोकुवा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्