Logo

त्रिदेशीय सीमामा पहिलोपटक सशस्त्रको बीओपी स्थापना



दार्चुला, जेठ १ । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा सशस्त्र प्रहरीको बोर्डर अब्ज्रवेशन पोस्ट (बीओपी) स्थापना गरिएको छ । त्रिदेशीय  महव बोकेको व्यास गाउँपालिका–१ छांगरुमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाले बुधबार बीओपीस्थापना गरेका छन् । दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो । बीओपीमा अहिले २५ जना छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्