Logo

चीनद्वारा सगरमाथाको चुचुरोसम्म प्रभाव क्षेत्र रहेको फाइभ जी आधार स्टेशन स्थापना



एजेन्सी, २ जेठ । चीनले सगरमाथाको उत्तरतर्फ फाइभ जीको आधार स्टेशन स्थापना गरेको छ । चिनियाँ टेलिभिजन सीजीटीएनले फाइभ जी आधार स्टेशन स्थापना गरेको जनाएको छ ।

सगरमाथाको चुचुरोसम्म प्रभाव क्षेत्र रहेको उक्त फाइभ जी स्टेशन चीनले नेपालको अनुमति विना नै स्थापना गरेको बुझिएको छ । चुचुरो नेपालमा पर्छ । तर, चीनको टेलिभिजन सीजीटीएनले यसअघि चुचुरो चीनको हो भनी प्रचार गरेको थियो । पछि सच्याएर चीन र नेपालको सीमामा पर्छ भनी लेखेको थियो ।

शिखर चीन र नेपालमा पर्छ भनी प्रचार गरेको केही दिनमै फाइभ जी स्टेशन स्थापना गरेको समाचार बाहिर आएको छ । सँसार कोरोना भाइरसको महामारीमा जुधिरहँदा चीनले सगरमाथाको सर्वोच्च शिखरमा समेत तरंग पुग्ने गरी ६५०० मिटर उचाईमा नेपालको अनुमति विना नै फाइभ जी स्थापना गर्नुलाई गम्भीर रुपमा लिइएको छ ।

चिनियाँ कम्पनी हुवावेले उक्त क्षेत्रमा फाइभ जी स्टेशन निर्मार्ण गरेको जनाइएको छ । स्टेशनको निर्माण कार्य अप्रील महिनादेखि जारी रहेको थियो । योसंगै उक्त क्षेत्रहरुमा दूई वटा स्टेशन निर्माण भइसकेको जनाइएको छ ।

Source : CGTN



प्रतिक्रिया दिनुहोस्