नीति तथा कार्यक्रमबारे डा. मिनेन्द्र रिजालको टिप्पणी : ‘अहिले चाहिएको सञ्जिबिनी बुटी हो, सरकारले पहाडै बोकेर ल्यायो’


काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजालले सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रममा देशको प्राथमिकता नै नभएको भन्दै आफूहरुले संशोधन हाल्ने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट आज विहान प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले यस्तो बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम सकारात्मक नभएको टिप्पणी गरे । सरकारले अहिले यो यो गर्छु भनेर प्राथमिकताका साथ कार्यक्रम ल्याउनुपर्नेमा सबै कुरा गर्छु भनेर कार्यक्रम ल्याएको उनको गुनासो छ । उनले भने-“यो नीति तथा कार्यक्रममा प्राथमिकता छैन् । यो दस्तावेजले कहीँ पुर्याउँदैन् ।”