Logo

तीन बर्षभित्र सबै नेपालीको स्वास्थ बिमा



काठमाडौं, जेठ ३ । सरकारले आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने भएको छ । अहिलेसम्म २७ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बिमा भइसकेको र तीन वर्षभित्र बाँकी नागरिकको पनि गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छन् ।

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ बिमा कार्यक्रममा आधारभूतबाहेकका स्वास्थ्य सेवा क्रमशस् समावेश गर्दै लगिने पनि जनाइन् । आव ०७२/७३ मा नमुनाका रूपमा ३ जिल्लाबाट सुरु भएको यो कार्यक्रम आव ०७३/७४ मा थप १२ जिल्लामा विस्तार भयो ।

आव ०७४/७५ मा थप २१ र आव ०७५/७६ मा १० जिल्लामा विस्तार भएको उक्त कार्यक्रम हालसम्म ५१ जिल्लामा पुगेको छ । कार्यक्रम सुरु गर्दा पनि तीन वर्षमा सबै नेपालीको स्वास्थ्य बिमा गर्ने योजना थियो । अहिले सरकारले यही कार्यक्रमलाई पुन: निरन्तरता दिएको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्