Logo

ट्वीटरका कारण नयाँ प्रजातिको जीव भेटियो



सँसारमा नयाँ प्रजातिको जीव भेटिएको छ । भेटिनुमा ट्वीटर कारण बनेको छ । परजीवी फन्गस प्रकारको यो जीवको नाम पनि ट्वीटरबाट नै राखिएको छ ।

जर्नलमा कोकिजमा रिसर्चरहरुले नयाँ प्रजातिको जीवको नाम ट्रोगलोमिसिज ट्वीटेरी राखेका छन् ।

डेनमार्कको युनिभर्सिटी अफ कोपनहेगनकी उपप्राध्यापक सोफिया रेबोलेराले ट्वीटर चलाइरहँदा एउटा अज्ञात जीवको तस्बिर देखिन् । सन् २०१८ मा डेरेक हेननको ट्वीटर पेजमा जीवनको तस्बिर राखेका थिए । उनी हाल विद्यावारिधी गर्दैछन् । अर्कै जीवको भनेर उक्त तस्बिर ट्वीट गरेका थिए उनले ।

रेबोलिराले जीव नयाँ प्रकारको हो कि भन्ने आशंका गरिन् । फन्गस जस्तो देखिने जीवन अलग्गै प्रकारको लागेपछि उनले गहिरो अध्ययन गरी नयाँ प्रजातिको जीव भएको प्रमाणित गरिन् ।- एजेन्सीबाट Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्