Logo

यसरी भयो कोभिड-१९ बाट नेपालमा पहिलो मृतकको दाहसंस्कार



काठमाडौं, ३ जेठ । नेपालमा पहिलोपटक कोभिड-१९ बाट ज्यान गुमाएकी २९ वर्षीय महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । उनको दाहसंस्कार सरकारले बनाएको कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ अनुसार भएको छ ।

शव लिन जानुपूर्व शवबाहनका चालक र कर्मचारीहरुले पीपीइको प्रयोग गरेका थिए । उनको आफन्त थोरै उपस्थित थिए । उनीहरुले पनि सबै किसिमका सुरक्षित उपाय अपनाएका थिए । उनीहरुले पञ्जा, टोपी, मास्कसहितको पीपीई प्रयोग गरेका थिए ।

शवलाई कमभन्दा कम चलाइएको थियो । शवलाई दोस्रो रिपोर्ट आउनुपूर्व नै छिटो छिटो विद्युतीय शवदहनमा दाहसंस्कार गरिएको थियो ।
यसअघि शवलाई नछोइकन जल छर्कने, फुलमाला लगाउने जस्तो क्रियाकलापहरु गरिएका थिए । आफन्तहरु पनि टाढै बसेका थिए ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्