Logo

रुसले सन् २०२० को अन्तयसम्म शुक्र ग्रहको अन्वेषण गर्ने



एजेन्सी, ३ जेठ । रुसले शुक्र ग्रहको अन्वेषण गर्न नयाँ कार्यक्रमको विकास गरेको छ । अन्वेषणका लागी रुसले तीन वटा वैज्ञानिक उपकरण पठाउने निर्णय गरेको हो ।

शुक्र अन्वेषण गर्ने कार्यक्रम एउटा प्रोजेक्टमा मात्र सिमित नभई थुप्रै मिशनहरुमा प्रयोग गरिने रुसी समाचार संस्था तासले खबर छापेको छ । थुप्रै मिशनहरुको विषयलाई अर्को वर्ष सार्वजनिक गर्ने निर्देशक लेभले जनाएका छन् । उक्त अन्वेषणलाई तीन चरणमा विभाजन गरिएको छ । सन् २०२० को अन्तयसम्म पहिलो चरणको अभियानले सफलतापूर्वक उडान भर्ने योजना वैज्ञानिकहरुको रहेको छ भने अर्का चरणको उडान दूई वर्षपछि र तेस्रो उडान सन् २०३० मा हुने जनाइएको छ ।

शुक्रको सतह र वातावरणसमेत मापन गरिने विषय समेत रहेको छ । शुक्र अन्वेषण रुस र अमेरिकाबीचको संयुक्त साझेदारीमा भइरहेको छ । कोरोनाका कारण मिशन पूर्णता नपाएको निर्देशक लेभले बताएका छन् ।

यसअघि सोभियत संघ कालमा शुक्र ग्रहको अन्वेषण गर्ने ल्याण्डरहरु पठाएको थियो । शुक्रको फरक वातावरणमा समेत उक्त ल्याण्डरहरुले राम्रो काम गरेको थियो । शुक्रमा न्यनतम ५०० डिग्री तापमान हुने गर्दछ । Photo Source : Tass



प्रतिक्रिया दिनुहोस्

Screenshot