Logo

ब्राउनसुगरसहित दुई जना पक्राउ



अत्तरिया, ४ जेठ : कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । उनले सुरजकै घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा बाकसमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर भेट्टाइएको बताए ।रासस



प्रतिक्रिया दिनुहोस्