Logo

उद्योग विभागले वितरण गर्न थाल्याे पास, उपत्यका बाहिरका उद्योगीलाई अझै समस्या



काठमाडौँ ४ जेठ : उद्योग सञ्चालनको उद्योग विभागले आइतबारबाट सम्बन्धित संघको सिफारिसमा पास वितरण सुरु गरेको छ। सरकारले यसअघि जारी गरेका विद्युतीय तथा हस्तलिखित सबै पास खारेज गरी उद्योग व्यवसाय सञ्चालन गर्न सम्वन्धित विभागबाट पास लिन सकिने व्यवस्था गरेको थियो। सोही अनुसार विभागले पास वितरण सुरु गरेको हो।

उद्योग विभागले आइतबारबाट उद्योग वाणिज्य संघहरुको सिफारिसमा पास वितरण सुरु गरीसकेको उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटैलाले बताए। सरकारले सम्बन्धित नियामक निकायले पास वितरण गर्ने भनेकोले सम्बन्धित संघ संगठनको सिफारिसमा पास वितरण गरिने उनले जानकारी दिए।

उपत्यका बाहिरका उद्योगीहरुलाई भने त्यहाँको सिडियो कार्यलयले नै पास वितरण गर्ने सिटौलाले बताए।

तर उपत्यका बाहिरका व्यवसायीहरुले भने सहज रुपमा पास नपाउदा उद्योग सञ्चालनमै समस्या भएको बताएका छन्। सरकारले विभिन्न उद्योग व्यवसाय सञ्चालनको लागि निर्देशन दिएपनि पास नपाउदा उद्योग सञ्चालन गर्न कठिन भएको उनीहरुको गुनासो छ।

उपत्यका बाहिरका उद्योगीहरुलाई जिल्ला प्रशासन कार्यलयले पास वितरण गरेको छैन। जिल्ला प्रशासन कार्यलयले संघको सिफारिसमा उद्योग विभागबाट पास लिन भनेको छ।

‘नेपाल सरकारले सम्बन्धित विभागबाट पास लिनु भनेर भनेको छ। विभाग त काठमाण्डौमा मात्रै छ।’ उद्योग वाणिज्य महासँघका उपाध्यक्ष किशोर प्रधानले भने।

सम्बन्धित जिल्लामा रहेका उद्योग वाणिज्य संघ, घरेलु उद्योग कार्यलय लगाएतका संघहरुको सिफारिसमा सो जिलामा रहेको उद्योग विभाग तथा उद्योग कार्यलयले पास वितरण गर्ने व्यवस्था मिलाउनुपर्नेमा उनीहरुलाई अहिलेसम्म निर्देशन नै नभएको प्रधानले बताए।

उपत्यका बाहिरका कतिपय उद्योगीहरुले अहिले उद्योग खोल्नुभन्दा बन्द गरेर बस्ने व्यवस्था नै उचीत रहेको गुनासो गर्न थालेको उनले बताए।

यसअघि भने गृह मन्त्रालयलेनै पास वितरण गर्ने गरेकोमा अहिले उद्योग मन्त्रालयले गर्ने जिम्मा लिएको छ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्