Logo

बाटो बन्द गर्ने र घरभाडामा बस्नेलाई विनाकारण ननिकाल्नुहोस्, कारबाहीमा पर्नुहोला (विज्ञप्तिसहित)



काठमाडौं, ४ जेठ । सरकारले कोरोना भाइरसको रोकथामका लागि भन्दै सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेश निषेध गर्ने देखि घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने कार्य गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । अहिलेको कठिन घडीमा ज्यान जोखिममा राखी खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने र बाटो रोक्नेलगायतका अवाञ्चित कार्य भइरहेको भन्दै हदैसम्मको कारबाहीको चेतावनी दिएको हो ।

आज गृह मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत स्वास्थ्यकर्मीको मनोबल नगिराउन समेत आग्रह गरेको छ । साथै टोल प्रवेश निषेध, बाटो रोक्ने कार्य नगर्न, आवागमनका क्रममा र्दुव्यवहार नगर्न समेत सचेत गराएको छ ।

देशका विभिन्न भागहरुमा टोल प्रवेश निषेध गर्दै तगारो हाल्ने, घरभाडामा बस्नेलाई र्दुव्यवहार गरी निकाल्ने जस्ता गतिविधि भएपछि गृहले यस्तो चेतावनी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्