Logo

नागढुङ्गा घटनामा संलग्न एक पक्राउ, छानबिन गर्न टोली गठन



काठमाडौँ, ४ जेठ : काठमाडौँको नागढुङ्गामा वाग्मती प्रदेशका जनस्वास्थ्य निर्देशक नारायण कार्कीमाथि गरिएको दुव्र्यवहारको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज छानबिन समिति गठन गरेको छ । कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको संयोजकत्वमा प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल सहभागी दुई सदस्यीय छानबिन समिति गठन गरिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको उपस्थितिमा उक्त घटना घटेको पाइए प्रहरीलाई समेत कारवाही गर्न छानबिन समिति गठन गरिएको हो ।

यसअघि कार्कीमाथि दुव्र्यवहार गरेको आरोपमा आज बिहान चन्द्रागिरि नगरपालिका–४ का उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा स्वयंसेवीको नाममा उनले त्यहाँ खानतलासी गरेको श्रव्यदृश्य सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्