Logo

कोरोनाले लाँदैछ नेपाललाई पनि अनलाइन र दुर शिक्षामा, सिकाई चौतारी आयो



काठमाडौं, ५ जेठ । अब सरकारले अनलाइन शिक्षा र दुरशिक्षालाई विकल्पका रुपमा अघि सार्ने भएको छ । त्यसका लागि पहल शुरु भइसकेको छ ।

सरकारले नेपाली विद्यार्थीहरुको लागि खुला पुस्तकालयको रुपमा अनलाइन लर्निङ पोर्टल तयार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले संयुक्त रुपमा सरकारी अनलाइन लर्निङ पोर्टल तयार गरेको हो । यसको नाम ‘सिकाई चौतारी’ राखिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि देश झण्डै दुई महिनायता लकडाउनमा छ । विद्यालयहरु बन्द भएको आज ठिक २ महिना पूरा भएको छ । गत वर्षको ५ चैत्रबाट शैक्षिक संस्थाहरु बन्द भएको हो ।

विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपरेपछि अनलाइन शिक्षा र दुर शिक्षा विकल्पको रुपमा नल्याइनहुने हुनलागेको छ । निजी विद्यालयहरुले यसको अभ्यास शुरु गरिसकेका छन् ।

शैक्षिक सस्थाहरु र विद्यार्थीहरुले परिक्षा दिने समयमा शैक्षिक सस्था बन्द हुँदा नेपालका सम्पुर्ण शिक्षा प्रणालीमा नकरात्मक असर परेको छ । नयाँ शैक्षिक सत्र, कलेज तथा एसइई परिक्षाहरु रोकिएका छन् ।

लकडाउनले बालबालीकाहरु घरमा थुनिनु परेको छ भने उनीहरु साथी तथा शिक्षकहरुबाट टाढिएका छन् । मानसिक समस्याहरु देखिने खतरा बढेको छ ।

विद्यालय कहिले खोल्ने, कलेज परिक्षा तथा एसइई परिक्षा लिने बारेमा निश्चित नभएको कारण नेपाल सरकारले डिजीटल प्लेटफर्मको छनौट गरेर स्कुल जाने विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने र उनीहरुलाई शैक्षिक वातावरणमा व्यस्त राख्ने कदम चालेको छ ।

सिकाई चौतारी लर्निङ पोर्टलमा कक्षा १ देखि कक्षा १० सम्मका पाठ्यक्रम उपलब्ध छन् । यो इन्टरनेटको माध्यमबाट जो कसैले नेपालको कुनै पनि स्थानबाट पढ्न र सिक्न सक्छ । यो पोर्टलमा भर्खरै स्कुल जान लागेका साना साना नानीहरुको कथा संग्रह, भिज्युएल सहित विद्यालय तहका विषयहरु गणित, नेपाली, अंग्रेजी, विज्ञान, कार्य पुुस्तीका, स्वास्थ्य समावेश गरिएको छ । यस पोर्टलले विद्यार्थीहरुको बौद्धिक विकास गर्नुको साथै बालबालिकाले छिटो कम्प्युटर र इन्टरनेट चलाउन सिक्नेछन् । पोर्टल अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध छ ।



प्रतिक्रिया दिनुहोस्