Logo

समृद्ध देशमा स्वार्थको सहयोग ‘एमसिसी’



✍️उज्जल धमला ‘बिबस’ :

प्रकृति नै काफी छ यहाँ समृद्ध बनाउन नेपाल,
भएन समृद्ध भनिकन जहाँ,राख्छन् सर्बत्र जनसवाल ।

बोल्छन् मिठा शब्दहरु,गर्छन् उल्टा काम,
जनताले पाए भन्छन् सधैं सबै थोक माम ।।

कमिशनको स्वार्थमा भुलिसके सबै नेता भन्नेहरु,
दिनभरी काम गरीखान धौ/धौ भईसके जनताहरु ।।।

स्वार्थकै कारणले धेरै काण्डहरु पटक-पटक मच्चाईसके,
झनै ठुला काण्डहरु भित्रदैछन्(MCC) सहयोग भन्दै स्वार्थले।।।।

स्वार्थ नभए यहाँ संसदबाट किन पास चाहियो ?
अबिकसित भाईचाराको देश सम्झे खुरुखुरु बिकास गरे भैहाल्यो ।।

यदि संसदबाट (MCC) पास गरे भित्रीने भयो अमेरिकी सेना,
त्यस्तो लक्ष्य होइन भन्छन् भने किन दिन्छन् पास गर भन्दै दब्दबा ।।।

नेताहरुले सबै थोक बुझ्दाबुझ्दै पनी (MCC) पास गरे भने,
तपोभुमी-देबभुमी नरही बन्छ रणभुमी शुन्दर शाान्त नेपाल नै। ।।।

बन्ने भए रणभुमी ५६ अरबको लोभले (NCELL) को कर लिन किन आलटाल गरियो,
देश बिकास गर्ने नै हो भने त ५६ अरब त त्यहिँबाट आईहाल्थ्यो।।।

चाँहिदैन प्रकृतिका बरदान नेपाललाई कुनै स्वार्थको सहयोग साथ,
नलिग ती स्वार्थको सहयोग नेता हो जनताहरु आँफैं गर्छन् देशको बिकास झन्।



प्रतिक्रिया दिनुहोस्