Logo

कर्मचारीमाथि कार्यालयमै रक्सीले मात्तिएर हातपात



पर्वत, ५ जेठ । मादक पदार्थ सेवन गरी सरकारी कार्यालयमा अभद्र व्यवहार गरेको अभियोगमा राजेन्द्र नेपाली शनिबार पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी सरकारी कार्यालयमा अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका गोदामका नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले मादक पदार्थ सेवन गरी सवारी पासको विषयमा जिल्ला प्रशासन कार्यालय पर्वतका कर्मचारी र सुरक्षाकर्मीलाई अपशव्द प्रयोग गरी हातपात समेत गर्ने प्रयास गरेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट अभद्र व्यवहार मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्