Logo

१२ वर्षीया बालिकामाथि यौन दुराचार गरेको अभियोगमा पक्राउ



पर्वत, ५ जेठ । बालयौन दुरुपयोग गरेको अभियोगमा रमाकान्त शर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा कुश्मा नगरपालिकाका शर्मालाई पक्राउ गरेको हो ।

आफ्नो पसलमा सामान किन्न आएको समयमा शर्माले ती बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्वतबाट बालयौन दुरुपयोग मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्