Logo

ज्ञानेन्द्रको कदमपछि गोकुल बाँस्कोटाका प्रश्नमा किशुनजीको त्यो उत्तर



काठमाडौं, ५ जेठ । पूर्वमन्त्री गोकुल गोकुल बाँस्कोटाले आफू सक्रिय पत्रकारितामा हुँदा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग तत्कालिन राजा ज्ञानेन्द्रको सत्ता हातमा लिने कदमपछि लिइएको प्रतिक्रियाबारे खुलाएका छन् । आफूले किशुनजीलाई राजाको कदमबारे के भन्नुहुन्छ भनी सोध्दा सुन्दा नरम तर भविष्यसम्मको सम्भावनासहितको उत्तर आएको सुनाए ।

‘किशुनजी राजाको कदमबारे तपाईं के भन्नुहुन्छ ?’ बाँस्कोटाले दृष्टि पत्रिकामा कार्यरत हुँदा सोधेको प्रश्न स्मरण गराउँदै सागर सुवेदीसँगको अन्तवार्तामा किशुनजीले बाबु कुन पत्रिकामा रे भन्नुएको सुनाए । आफूले दृष्टिबाट भनेपछि युएमएल टिल्टेड होइन त भनेको बताए । त्यसपछि कापी कलम निकाल भनेको र उत्तर टिप्न लगाएको स्मरण गराए । उनले किशुनजीको भनाई उदृत गर्दै भने, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट मुलुकको सम्पूर्ण कार्यकारी सत्ता आफ्नो हातमा लिइबक्सिएर राजसंस्थाको निम्ति असिम गल्ती गरिबक्सिएको छ ।’

हेर्दा निकै सालिनतापूर्व नरम तरिकाले जवाफ दिएपनि किशुनजीले राजसंस्थाको निम्त असिम गल्ती शब्द प्रयोग गरेका थिए । धेरैरे किशुनजीको नरम शैलीमा आएको अभिव्यक्तिलाई राजाको कदमप्रति नरम सम्म भनेको सुनाए ।

बाँस्कोटोल यही उत्तर तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई पनि सोधेका रहेछन् । उनले माधव नेपालको उत्तर उदृत गर्दै भने, ‘राजाको कदम निरंकुश, तानाशाही, फासिष्ट हो । लोकतन्त्र माँस्ने कुरा हो । कुनै हालतमा अस्वीकार गर्छौं । इतिहास हेरेर पाइला चाल्छौं ।’

यी दुई उत्तरको तुलना गरेर केलाउन समेत बाँस्कोटोल भने । पूर्वमन्त्री बाँस्कोटोल जवाफ दिने संस्कार र शैली फरक फरक हुने बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्