Logo

योगेश भट्टराईले सम्झिए कालापानी मार्चको २२ वर्ष अघिको त्यो क्षण



काठमाडौं, ६ जेठ । योगेश भट्टराई अहिले पर्यटनमन्त्री छन् । उनी २०५५ सालमा अनेरास्ववियूको अध्यक्ष थिए । तत्कालिन नेकपा मालेनिकट विद्यार्थी युनीयनका अध्यक्ष उनले कालापानीसम्मको मार्च गरेका थिए ।

२२ जेष्ठ २०५५ देखि ५ असारसम्म विद्यार्थी र पत्रकारसहित ५७ जनाको टोलीले काठमाडौं देखि कालापानीसम्म मार्चपास गरेको थियो । काठमाडौंबाट गोकुलेसम्म बसद्वारा यात्रा गरेर त्यहाँबाट पैदल गएको सुनाए ।

नेपाली भुमि मिचिएकोमा फर्काउन देशभक्तिपूर्ण माग राखेर पुगेको सामाजिक सञ्जालमा लेखेका छन् । उनले त्यतिबेला लगाएको नारा समेत लेखेका छन् ।

Photo Source: FB Page of Yogesh Bhattarai



प्रतिक्रिया दिनुहोस्