Logo

राम्चेमा १५६ को स्वाब सङ्कलन



काठमाडौँ, ६ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चेमा स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ ।

कन्ट्रयाक्ट टेसिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले मृतक महिलाको गाउँको चालिसेटोल, ठोट्नेरी, रातामाटा, कालापानी र टारबिसौनाका १५६ जनाको स्वाब सङ्कलन गरिएको जानकारी दिएका छन् ।

सङ्कलित स्वाबको नमुना काठमाडौँ ल्याएको छ । आइतबार सङ्कलन गरिएको स्वाबको सोमबार बेलुकीबाट रिपोर्ट आउने जनाइएको छ । सोमबार सङ्कलन गरिएको स्वाबको एक/दुई दिनमै रिपोर्ट आउने जानकारी दिएको छ । स्वाब सङ्कलन गरिएकामध्ये कसैमा कोरोना भाइरसको लक्षण नदेखिएको चापागाईंले जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्