Logo

सरकारी खाता ५६ अर्बले घाटामा



काठमाडौं, जेठ ६ । आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च ६ खर्ब ३८ अर्ब १ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन ९प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत० ५ खर्ब ९० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ६ खर्ब ४ अर्ब ६० करोड रहेको थियो ।`



प्रतिक्रिया दिनुहोस्