Logo

अवैध मदिरा नष्ट



काठमाडौं, ६ जेठ । अवैध घरेलु मदिरालाई सोमबार बिहान प्रहरीले बरामद गरी नष्ट गरेको छ । गोकर्णेश्वर नगरपालिका नयाँ बस्तीबाट घरेलु मदिरा ५० लिटर, घरेलु मदिरा बनाउने कच्चा पदार्थ ४ हजार ५ सय लिटर, मदिरा बनाउन प्रयोग गर्ने चिनी २५ किलो र सखर २५ किलो बरामद गरी नष्ट गरेको हो ।

साथै उक्त स्थानबाट १५ थान ड्रम र २ थान ग्यास सिलिण्डर समेत प्रहरीले बरामद गरेको छ । घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले स्थानीयबासीको रोहबरमा उक्त मदिरा लगायत नष्ट गरेको हो ।

त्यस्तै काठमाडौं चन्द्रागिरी नगरपालिका स्थित एक घरबाट १ सय ५० लिटर तयारी मदिरा र १ हजार ४ सय लिटर कच्चा पदार्थ सोमबार प्रहरीले नष्ट गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्