Logo

रेखा थापाले भनिन्–मान्छे भित्र सपनाको ठुलो ब्रम्हाण्ड



काठमाडौ, ६ जेठ । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री तथा निमात्री हुन् रेखा थापा । १९९९ मिस नेपालमा उत्कृष्ट १० मा पर्न सफल रेखा छबीराज ओझाले निर्माण गरेको चलभित्र ‘हिरो’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले २०० भन्दा बढी फिल्ममा अभिनय गरेकी रेखा सामाजिक सञ्जालमा सक्रिय छिन् ।

दैनिक जसो आफ्नो अभिव्यक्तिको साथमा आकर्षक तस्वीरहरु सार्वजनिक गर्छिन् । उनले आज टाउकोमा टोपी लगाएको आकर्षक तस्वीर राख्दै फेसबुकमा लेखेकी छिन्, ‘आम मान्छे भित्रका सपनाको उत्तिनै ठुलो ब्रम्हाण्ड हुन्छ जती ठुलो ब्रम्हाण्ड बाहिर छ ।’



प्रतिक्रिया दिनुहोस्