कोरोना अपडेटः विश्वभर तीन लाख २४ हजारको मृत्यु


काठमाडौं, जेठ ७ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार तीन लाख २४ हजार पाँच सय २३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, ४९ लाख ८२ हजार सात सय ६२ जनामा कोरोना संक्रमण भएको छ । विश्वभर अहिलेसम्म १९ लाख ५६ हजार तीन सय ४१ जना संक्रमण मुक्त भइसकेका छन्।