Logo

प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाद्वारा बाबुराम भट्टराईमाथि भारतको दलाली गरेको आरोप



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले राष्ट्रिय जनता पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दलालीको आरोप लगाएका छन् । भट्टराईलाई फण्डिङ पिएचडी भन्दै नग्न दासता प्रदर्शन र दलालीको आरोप लगाए ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिमा विवादपछि बोलेपछि आलोचना गरेका भट्टराईलाई भारतको नाम नलिई उसैको दलाली गरेको आरोप लगाएका हुन् । उनले फेसबुकमा ६ जेठमा लेखेका छन्, ‘जसको सीता खायो, उसकै गीता गायो ! लाजको पसारो !!!’

थापाले भट्टराईले नेपाली काँग्रेसको आशिर्वादले गोरखाबाट चुनाव जितेको दाबी गरे ।
थापाले लेखेका छन्ः

डा. बाबुराम भट्टराईकाे मागबमाेजिम प्रधानमन्त्री सच्चिनु/सुध्रिनुपर्ने रे ? लेख्नुबाेल्नुकाे पनि हद हुन्छ ? कमसेकम
फुटेकाे शिशाकाे टुक्रामा आफ्नाे अनुहार हेर्नू नि !
काँग्रेसकाे सहयाेगमा गाेरखामा कृपापूर्वक यिनले चुनाव जितेकाे जनताजनार्दनले भुलेका छन र ? अनि, यी १ सिटे अस्थिरताका गाेटीसँग कस्ताे व्यवहार गरिदिनुपर्ने हाे प्रमले ? अझ हठ र अहंकार पाे भयाे रे !!
देशभक्तिलाई “भाैगाेलिक राष्ट्रवाद”काे संज्ञा दिदै लिम्पियाधुरासहितकाे नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषदकाे निर्णय र सार्वर्भाैम संसदकाे ऐतिहासिक घाेषणाकाे पनि यसरी विराेध गर्ने ?
हिजाे ४० सूत्रीय माग पेश गर्दा नक्कली राष्ट्रवादी भई टाेपलेका “फण्डिङ पिएचडी”ले यति नग्न दासता प्रदर्शन र दलाली त नगरे हुन्थ्याे नि ! अझै चितुवासम्म हाे कि भन्ने भ्रम दिएकाेमा आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीले दिनुभएको दमदार मन्तव्यपछि झुसे बिरालाेका रूपमा पाे म्याउँ गरेकाे सुनियाे, …यसरी ! जसकाे सीता खायाे, उसकै गीता गायाे !
लाजकाे पसाराे !!!



प्रतिक्रिया दिनुहोस्