Logo

केपी ओलीको भारतसँग आफ्नै किसिमको गहिरो र घनिष्ठ सम्बन्ध छ : प्रदीप गिरी (भिडिओसहित)



काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँग आफ्नै किसिमको गहिरो र घनिष्ठ सम्बन्ध रहेको स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गिरीले यस्तो बताएका हुन् ।

उनले भनेका छन्-‘नेपाली जनताको भवितव्यताको टुँगो लगाउने भनेको नेपाली जनताले नै हो । यो आधारभूत कुरा हो । विदेशीको जस्तोसुकै प्रभाव भएपनि, विदेशीले जस्तै प्रभावित गर्न चाहँदापनि नेपाली जनताले चाहेकै कुरा अन्तमा, अन्तमा त्यही नै प्रभावकारी हुन्छ भन्ने कुरामा म विश्वस्त छु । अब यता के भैराखेको छ प्रधानमन्त्री कहिले किन भारतका नजिक देखिन्छन् ? किन अहिले फेरि चीनका नजिक देखिन्छन् ? कुन वक्तव्य कस्तो दिन्छन् ? किन दिन्छन् ? यो मौसमी राजनीतिका कुरा हुन् । राजनीतिमा कहिल्यैपनि स्थायी साथी र स्थायी दुश्मन हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्