Logo

लकडाउनमा जीपमा हतियार र लागुऔषध बोकेपछि…



सुनसरी, ७ जेठ । कटुवा पेस्तोल, गोली र नियन्त्रित लागूऔषध सहित कृष भन्ने कृष्ण कुमार यादव मंगलबार दिउँसो पक्राउ परेका छन् । भोक्राहा नरसिंह गाउँपालिकाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्ड तथा नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी २५ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ५ सय ७६ ट्याब्लेट, नाइट्रोसम १ सय ६० ट्याब्लेट र नाइट्राभेट ७५ ट्याब्लेट सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाको यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बिआर ५० पि १२४१ नम्बरको स्कारपिओ गाडी जाँच गर्ने क्रममा उक्त हतियार तथा लागूऔषध फेला पारी गाडीमा सवार यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्