Logo

‘भोलिवादको पीडा’



उज्जल धमला “बिबस” : २०६७ साल बैशाख महिनाको समय थियो,। म शंखादेबी मा बी निलकन्ठ ११ ज्यामरुङमा पढ्थेँ। म बिधालयबाट अाफ्नो घरतर्फ फर्कँदै थिँए,।अचानक नजिकैको घरको छत बाट केही आवाज आयो,”बिबस” उनले मलाई लगातार ३ पटकसम्म बोलाई सकेकी रहिछन्, तर मलाई थाहा भएन,।पछिल्लो पटक सुनेर अाफ्नो नजरहरु उतैतिर डुलाएँ । तर त्यो अपरिचित आवाज थियो । मैले उनलाई चिन्न सकिन। र sorry मैले यहाँलाई चिन्न सकिन भन्दै आफ्नो पाईलाहरु अगाडि बढ्न थाल्यो,। त्यतिकैमा फेरि उनले भनिन् नचिनेर के भयो त मैले त यहाँलाई चिनिसकेको छु। आउन बसौं तर म अली हतार छ भन्दै, छुट्टिने बाहाना बनाएर आफ्नो बाटो पुन हिड्ने कोसिस गर्दै थिँए। उनले फेरि मलाई भनिन् किन तिमी मसंग बोल्न नचाहेको ? म संग बोल्न हुँदैन र? हैन त्यस्तो त भन्दै उनी भएतिर म गएँ। मेरा पाईलाहरु लरबराईरहेका थिए।

मेरो मनमा भने अनेक शङ्का उपशङ्का खेल्न थालेको थियो,। अाखिर को हो त उनी मैले यस्तै-यस्तै प्रश्न बोकेर आफुले आफै लाई ऊत्तर गर्दै उनी भएको ठाँऊसम्म पुँगे,। म त्यहाँ पुग्दा उनी ज्यादै निन्याउरो अनुहार लगाएर बसिरहेकी रहिछिन् म पुग्नेबित्तिकै उनले भनिन बस्न हुन्छ बस न भनिन् । त्यसपछि उनले निकै भाबुक स्वरमा भनिन् म तिमिलाई यस बाटो भएर हिँडेको धेरै देख्थेँ । त्यसैले तिमिलाई बोलाउने धेरै प्रयास गरेँ। तर बोलाउन सकिन आज साहस गरेर बोलाएकी हुँ । म उनको त्यो कुरा सुन्ने बितिकै,अचम्ममा परेँ। र भनेँ किन? किन को उत्तर पछी दिन्छु ।मेरो बास्तबिकता सुन्न चाहान्छौ ? हो उनले यही भनेकी थिँईन् । त्यसपछि उनले क्रमश भन्दै गईन् । बिबस यो बाटो मा धेरै मानिसहरु हिड्छन् तर तिमिलाई नै बोलाएर मेरो कथा सुनाउन लाग्दैछु। आफ्नो मनभित्रका पिडाहरुलाई लुकाएर भएपनी हाँस्ने प्रयास गरेकी छु।मलाई जिबनभर साथ देउ ल । म तिमिलाई धेरै माया गर्न थालिसकेको छु। जुन दिनदेखी तिमिलाई यो बाटो मा देखेँ।त्यसै दिन देखी तिमिलाई आफ्नो दिलभित्र सजाईसकेको छु,। के तिमिले मलाई साथ दिन्छौं त? म अचम्ममा परेँ। र टोलाईरहेँ,। उनी पनि केही बोलेकी थिईनन् । मैले उनलाई यसको उत्तर भोलि दिँऊला ल भन्दै पाईलाहरु अगाडि बढाउन बाध्य भँए,। मेरो मनभरी अनेक तर्क खेल्न थाल्यो। आखिर किन मन पराई त ?

भोलिपल्ट मनभरी उनको याद संगालेर उनको घरसम्म पुगेँ । त्यहाँ पुग्दा कोहि पनि थिएनन्। सबैतिर अाफ्नो नजर डुलाँए,तर उनलाई भेट्न सकिन र उनको घर नजिकैको आमालाई सोधपुछ गरेँ। आमाले सबैकुरा भन्नुभयो। बास्तबिकता यो रहेछ कि उनको आमा बिरामी हुनुभएको रहेछ। र, उपचारको निम्ति राजधानी लगिएको रहेछ।त्यसपछि म निराश भएर आफ्नो घरतर्फ लागेँ। मेरा मनमा भने अनेक तर्क/बितर्क खेल्न थाल्यो । सोच्न बाध्य भएँ भोलि किन हुन्छ ? आखिर यो भोलि नभएको भए आज म उनिसंग सम्पुर्ण मायाका कुराहरु साँट्न पाँउथे। मलाई माफ गर ल मैले आजलाई चिन्न सकिन । र भोलि को पछि दगुरेँ। र मैले त्यसको परिमाण त पाईसकेको छु। आज म तिम्रो प्रतिक्षामा छु।तिमिलाई कुरेर भोलि आउने आशामा बाँचिरहेको छु। मैले भोलि भनेको तर के गर्नु उत्तर मनभरी राखेको छु।के तिमी मेरो मनको भारी लाई बिसाउन दिँदैनौं । त आखिर तिमी कहाँ छौँ ? म तिम्रो यादमा बाँचिरहेको छु।

अन्तरदिलको फुलबारीमा मायाको फुल सारेको छु ! त्यही फुललाई जगाउन फलामेबार बारेको छु !! अजम्बरी राख्न माया सक्दो प्रयास गरेको छु !!! त्यही मायालाई फुलको रुपमा सप्तरंगी भरेको छु !!



प्रतिक्रिया दिनुहोस्