Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ७ जेठ । अवैध लागूऔषध सहित एकजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बिष्णु गाउँपालिका पकवा टोलबाट अवैध लागूऔषध गाँजा करिब १० केजी सहित कौडेना गाउँपालिकाका प्रमोद सहनीलाई पक्राउ गरेको हो ।

सिमा प्रहरी चौकी फेन्हराबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५४६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सहनीलाई उक्त परिमाणको लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको देवानगंनज गाउँपालिका पाल टोलबाट नियन्त्रित लागूऔषध नुर्फिन ५ सय ८० एम्पुल, डाइजेपाम ५ सय ६० एम्पुल र फेनारगन ५ सय ६० एम्पुल सहित सोही गाउँपालिकाका नरेश कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका यादवलाई जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

नवलपरासीको प्रतापपुर गाउँपालिका खजुरा खोलाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ९० एम्पुल, फेनरागन ५ सय १ एम्पुल, नाईट्राभेट १ हजार ७ सय ९ ट्याब्लेट, स्पास्मो ९६ क्याप्सुल, नुर्फिन ४ सय ६५ एम्पुल र १ सय एमएलको ओनोरेक्स ७ बोतल सहित नवलपरासी रामग्राम नगरपालिकाका जोगेन्द्र प्रसाद हरिजनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचपेडा र बिओपी सशस्त्र बेस क्याम्प भुजहवाबाट खटिएको प्रहरीले नहरको बाटो हुँदै नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्