Logo

मानिसहरु महिनौ सुतिरहने गाउँ



उत्तरी कजाकिस्तानको कलाची गाउँमा बस्ने मानिसहरु कुम्भकरण जसरी लामो निन्द्रामा सुत्ने भनेर चिनिएको छ । त्यहाँ कोहि व्यक्ति सुतेमा उसको निन्द्रा १ महिना पछि मात्र खुल्छ । त्यो गाउँका मानिसहरुलाई ‘स्लीपी हलो’ नामले चिन्ने गर्छन ।

सुत्ने एउटा त्यो गाउँको रोग हो । गाउँमा ६ सय जनसख्या छ, जसको १४ प्रतिशत जनसख्या यो रोगबाट ग्रसित छन् । यो यस्तो रोग हो जसको कारण व्यक्तिमा अचानक निन्द्रा आउछ र कहिले कहिले निन्द्रा केही घण्टा पनि लाग्छ भने कहिले महिना दिन सम्म पनि लागिरहन्छ ।

त्यहाँका मानिसहरु काम गर्दा गर्दै अचानक सुत्छन् । यो रोगको कारण पत्ता लगाउने टिमले मानिसको दिमागमा कुनै तरल पद्धार्थ उत्पादनको मात्रा तेज गतिमा हुने भएकोले निन्द्रा लाग्ने बताएको छ । डाक्टरहरुले यसको एक मात्र कारण प्रदुषित पानी भनेको छ ।



प्रतिक्रिया दिनुहोस्