Logo

वाचा पुरा नगर्न नसकेपछि शौचालयको पानी पिइन्



सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो छ । जसमा कम्पनीको दुई युवा र युवतीले शौचालय फ्लशबाट निक्लेको पानीलाई गीलासमा भरेर पीइरहेको देखिन्छ । भिडियोको साथमा दिएको जानकारी अनुसार उनले आफूले गरेको वाचा पुरा गर्न सकेका थिएनन् ।

दुवै जनाले गलामा कम्पनीको परिचय पत्र समेत लगाएका छन् । यो घटना चीनको एक कम्पनीमा भएको हो । शौचालयको पानी पिएकोले युवती बिरामी भएर अस्पताल भर्ना भएपछि मात्र यो समाचार बाहिर आएको हो । उनकै सहकर्मीले सामाजिक सञ्जालमा भिडियो शेयर गरेका हुन् । प्रहरीले अनुसन्धान गरिरहेको उक्त कम्पनी नै खारेज भएको छ । यो भिडियो बनाउने र सामाजिक सञ्जालमा शेयर गर्ने व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान गरीरहेको छ ।



प्रतिक्रिया दिनुहोस्